बुटवल, चैत्र १५ : विगत १३ वर्षदेखि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नियन्त्रणमा रहेको बुटवलको पाल्पारोडस्थित ‘रातो घर’मा प्रहरीले डोजर चलाएको छ । राष्ट्रिय वाणिज्य बैङ्कको भवन कब्जा गरेर उक्त भवनलाई विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पार्टी कार्यालय बनाएको छ ।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैङ्कका कर्मचारीहरूले गत ८ गते सो कार्यालयमा ताला लगाएर पार्टीसँग सम्बन्धित सबै सामानहरू कब्जामा लिएका थिए । ‘रातो घर’का रूपमा चिनिने सो दुई तले घर अहिले प्रहरीले डोजर प्रयोग गरेर भत्काइरहेको छ ।
शुक्रवार (आज) साँझसम्म भवन पुर्णरुपमा भत्काइसकिने प्रहरीले जानकारी दिएको छ । तत्कालीन नेकपा (माओवादी)को कार्यालय रहेको सो भवन केही समय वैद्य नेतृत्वको माओवादीको हकमा समेत प्रयोग भएको थियो ।