विप्लवको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

| 2023 Jan 20 | 03:37 pm 1521

कपिलवस्तु, माघ ६ः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म चल्ने बताएको छ ।

विप्लव नेतृत्वको नेकपाको चार दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा समेत घनिभुत छलफल हुने बताएको छ ।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताको प्रस्ताव गरेकाले त्यस विषयमा समेत बैठकमा छलफल हुने बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.