काठमाडौँ, भदौ १२ : काभ्रेमा आगजानी गरेको मुद्दामा फरार रहेको भन्दै शिलु भनिने नेकपा पोलिटब्यूरो सदस्य उमा भुजेललाई काठमाडौं प्रहरीले पक्राउ गरी काभ्रे पठाएको छ ।
विप्लवले गठन गरेका जनसत्ता अन्तरगत संसदकी सभामुख पनि रहेकी भुजेलले तत्कालीन माओवादी पार्टीमा ब्रिगेड कमाण्डर र कमिश्नारको भूमिका निर्वाह गरेकी थिइन् । गोरखा जेल ब्रेक गर्दाकी कमाण्डर उनी माओवादी शान्ति प्रक्रियामा फर्किएपछि अन्तरिम संसदकी सदस्य पनि भएकी थिइन् ।
गृह मन्त्रालयले विप्लवका सबै कार्यकर्ता पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई अतिगोप्य पत्राचार पनि गरेको छ । पुराना र नयाँ घटनालाई ब्यूँताएर मुद्दा चलाउने तयारी सरकारले गरेको छ।