विप्लवका जिल्ला इन्चार्जसहित आधा दर्जन कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 31 | 06:02 pm 1441

संखुवासभाचैत  १७  : नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’  समूहका जिल्ला इन्चार्जसहित पाँच जना भन्दा बढी कार्यकता पक्राउ परेका छन्।

जिल्ला इन्चार्ज देव गुरुङ र सुनिता किराती काठमाडाैंमा पक्राउ परेका थिए भने भिम राई ‘ज्वाला ’ पाँचखपनबाट र सन्जय मादीबाट हतियारसहित पक्राउ परेको उच्च स्रोतले बताएको छ। प्रहरीले कसलाई कुन समयमा पक्राउ गरेको यकिन जानकारी दिइएको छैन।

पाँचखपनका नगर इन्चार्ज ज्वाला पक्राउ परेको खबर राजधानीबाट प्रकाशन हुने एउटा दैनिकमा छापिएपछि घटना सार्बजनिक भएको थियो। तर त्यस बारेमा जानकारी लिन खोज्दा आफूसँग कुनै जानकारी नभएको र अहिलेसम्म विप्लवका कुनै पनि कार्यकर्ता पक्राउ नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोष राईले दावी गरे।

करिव महिना दिन नाघिसकेको स्रोतको दावी छ। विप्लवको कार्यकर्ता भएको आरोपमा पक्राउ परेका पाँचखपन निवासी राई विप्लव समूहका नगर कमिटी इन्चार्ज हुन्।

विभिन्न समयमा पक्राउ परेकालाई कहाँ, कुन ठाउँमा राखिएको छ भन्ने कसैलाई जानकारी दिइएको छैन। जिल्लामा नेपाल कम्युनिस्ट पार्टी विप्लवका आधा दर्जन बढी कार्यकर्ता पक्राउ परेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.