विप्लवकाे बन्दले प्रभावित काठमाडाैं

| 2019 May 27 | 08:30 am 2325

काठमाडाैं, जेठ १३: नेपाल सरकारद्वारा प्रतिवन्ध लगाइएकाे नेत्रविक्रम चन्द नेकपा माओवादीले गरेकाे नेपाल बन्दका कारण जनजीवन प्रभावित भएकाे छ । बन्द हुने दिन भन्दा एक दिन अघि गरिएकाे विस्फाेटका कारण साेमबार राजधानीकाे जनजीवनमा पनि प्रभावित पारेकाे छ ।

बन्दका कारण राजधानीबाट देशका विभिन्न ठाउँमा जाने र भित्रिने सवारी साधन ठप्प भएका छन् । विगतका बन्दमा उपत्यकामा राम्रैसँग चल्ने सार्वजनिक सवारी साधन आजकाे बन्दमा छिटफूट मात्रै चलेका छन् ।

राजधानीमा सुरक्षा गस्ती र सुरक्षाकर्मीलाई व्यापक परिचालन गरिएकाे छ। राजधानीमा हिजाे चार जनाकाे ज्यान जाने गरी भएकाे विस्फाेट पश्चात राजधानीमा एक किसिमकाे सन्त्रास फैलिएकाे छ । विगतमा बिदाका दिन पनि यातायातले भरिभराउ हुने काठमाडाैंकाे सडक याे समाचार तयार पार्दासम्म सुनसान रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.