काठमाडौं, मंसिर २५/ गत असाेज २० गते देखि हमास समूहको कब्जामा रहेका विपीन जाेसीकाे रिहाइको लागि पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले विशेष आग्रह गरेका छन।कतार भ्रमणमा रहेका मन्त्री साउदले त्यहाँका प्रधानमन्त्री शेख माेहम्मद बिन अब्दुल रहमान अलथानीसँग शिष्टाचार भेटको क्रममा उक्त कुरा बताएका हुन।मन्त्री साउदकाे आग्रहलाई उच्च महत्त्व दिदै प्रधानमन्त्री अलथानीले रिहाइकाे लागि सवै उपाय जारी राख्ने बताएको जनाइएको छ।