विपन्न वर्गका २६ बालबालिकाहरुलाई सहयोग सामाग्री वितरण

| 2023 May 31 | 05:35 pm 3833

  • शंकर रिखाम मगर

उदयपुर, जेठ १७ः उदयपुर जिल्लाको रौतामाई गाउँपालिका वडा नम्वर ४ स्थित श्री माध्यमिक विद्यालय सल्लेमा अध्ययनरत २६ जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहित विद्यार्थी पोषाक वितरण कार्य सम्पन्न गरिएको छ ।

No description available.

वर्ल्ड भिजन नेपाल र जाल्पा एकीकृत विकास समाज उदयपुरको संयुक्त साझेदारिमा शैक्षिक सामाग्री तथा विद्यार्थी पोषाक वितरण कार्यक्रम श्री मा.वि.सल्ले रौतामाई ४ को समन्वय रहेको थियो ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष इन्द्रराज राईले बालमैत्री वडा घोषाणा भएता पनि विद्यालयको पुर्वाधार विकास तर्फ शून्य रहेको बताउदै, नभै नहुने खानेपानीको पहिलो समस्या रहेको बताए । अध्यक्ष राईका अनुसार, उक्त विद्यालयमा भौगोलिक बनावटका कारण अति विपन्न वर्गका समुदाय बसोबास भएकोले आफ्नै घरको सिठोपिठो खाइ उच्च शिक्षा तर्फको १२ कक्षा सम्म संचालन गरि अध्ययन अध्यापन गर्न सकिने अध्यक्ष राईले बताए ।

No description available.

विद्यालयलाई भौतिक पुर्वाधार तर्फको कार्यमा सहयोग गर्नको लागि रौतामाई गाउँपालिका, प्रदेश र केन्द्र लगाएत सहयोगी संघ संस्थाहरुसंग अध्यक्ष राईले संचार माध्यमवाट सहयोगको अपिल पनि गरेका छन् ।

बालबालिकालाई विद्यालय आउन र पठन पाठनको निम्ति उत्साह गराई विभिन्न सामाग्रीहरु संस्थाले सहयोग प्रदान गर्दै आएको र अझै भोलिका दिनहरुमा बालबालिकाहरुको उज्ज्वल भविष्यको निम्ति थप प्रोत्साहन स्वरुप सहयोग गर्दै जानको लागि विद्यालयका प्रधान अध्यापक रमेशकुमार कटुवालले अनुरोध गरेका छन् ।

No description available.

बालबालिकालाई शैक्षिक सामाग्री र पोषाक वितरण गरि गरेको सहयोग १ वर्ष सम्म पोषाक खरिद गर्नु नपर्ने भएकोले सहयोगी निकायलाई अविभावक लिला राईले धन्यवाद प्रकट गरेकी थिइन् ।

बाल विकास कक्षा देखि १० कक्षा सम्मका अध्ययनरत १० जनालाई स्टेशनरी सहित विद्यालय पोषाक र नयाँ भर्ना भएका १६ जना बालबालिकालाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.