-
महेश सिंह महतो
सिरहा, जेठ २२: जिल्लाको लहान नगरपालिकास्थित रहेका निजी तथा सामुदायिक र सरकारी विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प लहानले विपत जोखिम न्यूनीकरण कम गर्न जनचेतना अभिमुखिकरण अभियान कक्षा शुरु गरेको छ ।

गत वैशाख देखि शुरु गरेको अभियान अहिले लहान नगरपालिकाको पेरागन, लिटिलस्टार, मेरी चिल्ड्रेन, एपोलो ॐ मावि स्कुल, बस्तीपुर मावि र शारदा मावि लगायतका विद्यालयहरुमा अध्ययनरत छात्र छात्रालाई विपत जोखिमबाट जोगिन तथा न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिई कार्यक्रम सम्पन्न गरेको लहान बेस क्याम्पका डिएसपि प्रेम रावलले जानकारी दिए ।
यो अभियान कार्यक्रम सिरहा जिल्लाको प्रत्येक विद्यालयहरुमा सम्पन्न गरिने स्थानीय अभिभावक र शिक्षकहरुको विश्वास रहेको छ ।