विपत्तिमा परेकाहरुलाई उद्धार तथा राहतमा कुनै कमि हुन नदिन गृहमन्त्रीको निर्देशन

| 2019 Apr 01 | 09:31 am 1618

काठमाडौँ, चैत १८ : आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति पु¥याएको भन्दै गृहमन्त्री रामबहादुर थापाद्वारा दुःख प्रकट गरेका छन् ।

हालसम्म गृहमन्त्रालयमा प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करीब ७ सय जना घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालनका लागि निर्देशन दिएका थिए ।

आज (सोमबार) बिहान एक विज्ञप्ती जारी गर्दै मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन सम्बन्धीत निकायलाई आदेश जारी गरेका छन् ।

मन्त्री थापाले घटनामा परी मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.