विपत्तिमा नआत्तिन जिल्लावासीलाई साँसद अधिकारीको अनुरोध

रिपोर्ट नेपाल | 2020 Mar 27 | 08:10 pm 2670

  • राजेन्द्र न्यौपाने

गोरखा, चैत १४:  गोरखा निर्वाचन क्षेत्र नं. १ का सांसद हरीराज अधिकारीले कोविड १९ अर्थात कोरोना भाइरसका कारण विश्व मानवसमुदायलाई परेको असर नेपाल र गोरखा जिल्लामा समेत प्रत्यक्ष परेको भन्दै यस्ता विपत्तिमा नआत्तिन जिल्लावासीहरुलाई अनुरोध गरेका छन् ।

सांसद अधिकारीले सामाजिक सञ्जाल फेसवुक www.facebook.com/hari.adhikari मार्फत ४ वटा बुँदामा जिल्लावासी दाजूभाई तथा दिदीवहिनीहरुमा हार्दिक अनुरोध भनि उल्लेख गरेका छन् ।

उनले जिल्ला स्थित सुरक्षा निकाय र आफूसहित प्रदेश सांसदका सम्पर्क नम्बर समेत राखेका छन् ।  हेरौं अधिकारीको अनुरोधका बुँदाहरु तल जस्ताको तस्तै

गोरखा  निर्वाचन क्षेत्र नं. १  बाट निर्वाचित जनप्रतिनिधिको नाताले जिल्लावासी सबै दिदीबहिनी तथा दाज्युभाइहरूमा हार्दिक अनुरोध:

१.विश्वमा तपाईं हाम्रो जीवनकालकै सबभन्दा ठुलो मानवीय विपत्तीमा परेका छौं ।   COVID 19 अर्थात  कोरोनाभाइरसको महामारीबाट विश्वका  नागरिकहरु बच्न र बचाउन मानव समुदाय लागिरहेका छन् ।  हाम्रो देश र गोरखा जिल्लामा गत चैत ११ गतेदेखि अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द छ  ।  यस अवस्थामा तपाईँ हामी सबैलाई असुविधा भएकै छ । सरकारको नीति, निर्देशन र आदेश मान्नुको अर्को विकल्प हामी सामु छैन ।

२. विपत्तिको समयमा एउटा छिमेकीले अर्कोलाई सहयोग गर्नु हामीहरुको परम्परा रहँदै आएको छ । निर्वाचन क्षेत्र नंं १ घरभई मुग्लानबाट भर्खरै गाउँ आउनु भएका दाजूभाई दिदी बहिनीहरुले तोकिएको समय अनुसार सेल्फ आइसोलेशनमा बसेर यो विपत्तिलाई सहयोग गर्नुभएकै छ । विरामी भइहालेमा स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराउनु अनुरोध गर्दछु । प्राथमिक स्वास्थ्य चौकीका  लागि आवश्यक पिपिआई व्यवस्थापन गरी अरु थप सामग्रीहरु व्यवस्थापनमा हामीहरु तिनवटै तह लागिरहेका छौं ।

३ . यो रोग सर्ने भनेको रोगीबाट निस्केको थुक, खकार, सिंगान, मुख र नाकबाट आउने पानी जन्य वाफबाट हो ।  विरामीले प्रयोग गरेका लुगा, थाल, टेवल आदिमा केहीबेर रहन्छ । त्यस्ता सामग्रीहरु अरुले तुरुन्तै प्रयोग गर्नुहुँदैन ।  बाहिर निस्केर भीडभाडमा नजाने, नियमित रूपले साबुनपानीले हात धुने, हाछ्युँ गर्दा नाकमुख छोप्ने, जथाभावी नथुक्ने आदि पालना गरियो भने कसैलाई केही हुँदैन । अनावश्यक भ्रममा कोही पनि नपरौं ।

४. तपाईँहरु जो कसैलाई समस्या भएमाम निम्न फोन नम्बरहरूमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछु ।

आकस्मिक सहायता कक्ष : १००,   ११५७
प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७७
प्रहरी प्रमुख  (एसपी )  : ९८५६०५५५५५
शसस्त्र प्रहरी : ०६४ ४२१३६६
राष्ट्रिय अनुसन्धान : ९८५६०४०६७४
रणसिंह दल गण : ०६४ ४११२००
गोरखा अस्पताल : ०६४ ४२०२०८
लेख बहादुर थापा : ९८५६०७०३३४
रामशरण बस्नेत : ९८५६०४२७०१
हरीराज अधिकारी : ९८५६०२८२७२

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.