विधेयक फिर्ता लिन शताब्दी पुरुषको आग्रह

रिपोर्ट नेपाल | 2019 Jun 14 | 10:39 am 2296

काठमाडौं, जेठ ३१:  शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले अघि सारेको गुठी विधेयकलाई फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार बिहान रिपोर्ट नेपालसँग संक्षिप्त कुराकानी गर्दै जोशीले सरकारले रितिरिवाज र चल्दै आएको धर्म संस्कृतिलाई संरक्षण गर्ने हो ।

अहिले सरकारले अघि सारेको गुठी विधेयक संस्कृति समाप्त पार्ने कडीका रुपमा आफूले लिएको जोशीले बताए । शताब्दी पुरुष जोशीले नेपालको मौलिक धर्म र संस्कृति नष्ट गर्न सरकारले विधेयक ल्याएको आरोप समेत लगाएका छन् ।

नेपाल देव भूमि भएको बताउँदै जोशीले धर्म र संस्कृतिमाथि आक्रामक गर्ने र नष्ट गर्नेहरुले ढिलो चाँडो परिणाम भोग्नुपर्ने बताए । कुराकानीको अन्त्यमा जोशीले आफ्नो काममा व्यस्त रहेको जनतालाई अनावश्यक चिढाएर आन्दोलित नबनाउन पनि आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.