कपिलवस्तु, असाेज ७: बुधबार कपिलवस्तुमा नेपाल विद्युत प्राधिकरणको गाडी मोतिपुर खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने, दुई जना बेपत्ता भएका छन् ।
खोलामा आएकाे बाढीले बगाउँदा विद्युत प्राधिकरणको जितपुरस्थित स्वीच सेवाको बा १ ञ १०८९ नम्बरकाे गाडी चालक माधव पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएकाे छ ।
३ जनाले गाडीबाट हाम फाल्दै पौडिएर ज्यान जोगएको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले जानकारी दिए।
नेपाल विद्युत प्राधिकरण जितपुर फ्युज सेवाका इन्चार्ज कृष्णप्रसाद पौडेल र गाडीमा लिफ्ट लिएर चढ्ने अर्घाखाँची शितगंगा नगरपालिकावडा-१३ का केशवप्रसाद भाट बेपत्ता छन्।
नेपाल विद्युत प्राधिकरण आधिकारिक ट्रेड युनियन राष्ट्रिष्य कर्मचारी युनियन प्रदेश पाँचका अध्यक्ष कल्पना थापा कडेरिया भन्ने ठाउँमा ट्रान्सफर्मर मर्मत गरेर फर्किदै गाडी गाडी भेलले बगाएको बताइन । गाडीमा ६ जना सवार थिए । अन्य तीन जना हाम फालेर बाँचेका थिए । बेपत्ता अन्य २ जना र गाडीको खोजी भइरहेको छ।