विद्युत् प्राधिकरण विद्युत् खपत बढाउने उपाय खोज्दै

| 2021 Mar 21 | 09:08 am 4301

काठमाडाैं, चैत ८ः चार वर्षअघिसम्म दैनिक १६ घण्टासम्म लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउने उपाय खोज्न थालेको छ । सोसाइटी अफ इलेक्ट्रिकल इन्जिनियर्स नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले केही वर्ष अघिसम्म विद्युत् कसरी बढाउने भन्ने चिन्ता हुने गरेकोमा अहिले भने विद्युत् खपत कसरी गर्ने भन्ने चिन्ता गर्नुपर्ने बेला आएको दाबी गरे ।

उनले नेपाल विद्युत् प्राधिकरणको जडित क्षमता हाल १४ सय २६ मेगावाट रहेकोमा चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब ३ हजार मेगावाट पुग्ने उल्लेख गर्दै प्राधिकरण अब विद्युत् निर्यात गर्ने हैसियतमा पुगेको दाबी गरे ।

कार्यक्रममा उनले प्राधिकरणको प्रसारण लाइनमा थप हुन आउने एक हजार मेगावाट विद्युत् उपयोगका लागि आवश्यक आन्तरिक तथा अन्रदेशीय प्रसारण लाइन निर्माणका लागि गुरु योजना बनाउनुपर्ने आवश्यकता औंल्याए ।

मन्त्री रायमाझीले प्राधिकरणले छिट्टै भारतलगायत अन्य सार्क राष्ट्रमा विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताए । कार्यक्रममा प्राधिकरणले यसअघि नै भारतमा विद्युत् निर्यातका लागि आह्वान गरेको टेन्डरमा सहभागी भएको भएता पनि भारतबाट आयात गरेकै दरमा निर्यात गर्न कोटेशन गरेकोले प्रतिस्पर्धामा पछाडी परेको बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.