विद्युतीय बस उद्‍घाटनका लागि चिनिया कम्पनीका सिइओ नेपालमा

रिपोर्ट नेपाल | 2019 Sep 08 | 01:43 pm 1963

काठमाडौं, भदौ २२: निजि क्षेत्रको यातायात कम्पनी सुन्दर यातायात प्रालिले सोमबारदेखि संचालन गर्ने विद्युतीय बसको उद्‍घाटनका लागि बस निर्माण कम्पनीका सिइओ सहित चार जनाको टोली आइतबार काठमाडौं आइपुगेको छ ।

विएके कम्पनीका सिइओ चिएनलिन लुअको नेतृत्वमा कम्पनीकै प्रवन्धक सहित चार जना नेपाल आएका हुन् । सिइओ चिएनलिन संसारका चालिसौं उद्योगपतिमा गनिन्छन् ।

विएके कम्पनी चिनको उत्कृष्ट कम्पनीका रुपमा परिचित छ । बस शुभारम्भका लागि नेपाल आएका चिनीयाहरुलाई सुन्दर यातायातको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

सुन्दर यातायात कम्पनीले भोली दिउँसो नेपाल पुलिस क्लबमा एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय बसको शुभारम्भ गर्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.