काठमाडौं, ५ असार : वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि गरिएको छ । सोमबार साँझ निधन भएका डा. देवकोटालाई मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् । उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ ।
देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।
डा। देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उनका विद्यालय तहका सहपाठी डा। बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।