विद्यालय बन्द गरी आन्दोलनमा जाने शिक्षकलाई महानगरले कारबाही गर्ने

| 2023 Sep 20 | 03:43 pm 1573

काठमाडौँ, असोज ३ । काठमाडौँ महानगरपालिकाले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने निर्णय गरेको छ ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै बिहीबारदेखि सरकारी शिक्षकहरूले विद्यालय बन्द घोषणा गरेका छन् । विद्यालय बन्द भए महानगरपालिकाले अस्वीकार्य हुने निर्णय गरेको छ ।

विद्यालय बन्द भए प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकलाई कारबाही गर्ने महानगरको निर्णय छ । शिक्षकले तोकिएको आचारण विपरीत काम गरे त्यसलाई निरुत्साहित हुने गरी कारबाही गरिने महानगरले जनाएको छ ।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आइ आज देखि आन्दोलन शुरु गरिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.