कैलाली, बैशाख २०ः धनगढीमा एक जना डोजर चालक मृत अवस्थामा शव फेला परेको छ । फेला पर्नेमा दाङको भालुवाङ घर भई हाल धनगढीमा काम गर्दै आएका ३० वर्षीय तिलक बुढामगर रहेका छन् ।
उनको शव शनिबार बिहान पञ्चोदय माध्यमिक विद्यालयमा मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे हाे ।
विद्यालयमै भइरहेको निर्माण कार्यमा उनले डोजर चलाउँदै आएका थिए । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।