विद्यालयमा चोरी गर्ने २ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 01 | 07:01 pm 1911

बारा,फागुन १७ : विद्यालयमा रहेका विभिन्न सामाग्रीहरु चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कोल्हवि नगरपालिका वडा नम्बर–२ का (सुर्या) भन्ने गोविन्द चौधरी र वडा नम्बर–१ का सुदिप चौधरी रहेका छन् ।

उनीहरुले यहि फागुन १३ गते रातीको समयमा बारा कोल्हवि नगरपालिका वडा नम्बर–१ स्थितमा रहेको श्री अनुप दिपनी उच्च माध्यमिक विद्यालयको पुस्तकालय भित्र रहेको ल्यापटप, प्रोजेक्टर, बुफर र आईडी कार्ड समेत चोरी गरेका थिए ।

उक्त घटनाको विषयमा ईलाका प्रहरी कार्यालय कोल्हवि बाराबाट खटिएको प्रहरी टोलीले (हिजो) १६ गते उनीहरुलाई शंकास्पद अवस्थामा फेला पारी तत्काल उनीहरूको घरकोठा खानतलासी गर्दा चोरी भएको मालसमान र धनि नखुलेको मोबाईल थान–२ तथा हार्ड वेयरका मालसमान र पसलहरू फुटाउन प्रयोग गरेको फलामको रड समेत फेला पारी पक्राउ गरेको हो ।

अभियुक्तहरूलाई चोरी कसुरमा बारा जिल्ला अदालतबाट दिन ५ को म्याद अनुमतिलिई थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.