हुम्ला, असार १५: जिल्लाकाे खार्पुनाथा गाउँपालिका ५ स्थित मान्धारा माध्यमिक विद्यालयबाट ५ थान कम्प्युटर चोरी भएका छ । शुक्रबार राति विद्यालयमा प्राविधिक अन्तर्गत कम्प्युटर विज्ञान विषयको अध्यापनका लागि जडान गरिएका ल्यापटप सेटचोरी भएको विद्यालयका प्रधानाध्यापक दिल बहादुर शाहीले बताए ।
विद्यालयबाट कम्प्युटरसहितका करिब २ लाख ५० हजार मूल्य बराबरको सामान चोरी भएको प्रधानाध्यापक शाहीले जानकारी दिए । चाेरीकाे विषयमा विद्यालयको वातावरणबारे अनुमान गर्दा कम्प्युटर सम्बन्त्धी विज्ञले नै चाोरी गरेको हुनसक्ने अशंका गरिएकाे छ ।
उक्त विद्यालयमा कक्षा ८ देखि १० सम्म पढाई हुने कम्प्युटर विषयको बेसिक देखि डिप्लोमा स्तरसम्म पढाइ सुरु गर्ने उद्देश्यलेकम्प्युटर जडान गरिएको हाे । कम्युटरसहित अन्य प्राविधिक सामान पनि चोरी भएपछि पढाइ प्रभावित हुने भएको छ ।