दाङ, चैत १०: मंगलबार दाङको तुलसीपुरमा पब्लिक ज्ञान ज्योति माविको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा अस्मिता डागी र किरण चौधरी रहेका छन् ।
अस्मिताको घटनास्थलमा र किरणको उपचारको क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुका प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए।
तुलसीपुर उपमहानगरपालिका- १५ कोठरीमा प्लस टूका विद्यार्थी ल्याएर बजारतर्फ आउँदै गरेको बस दूर्घटनामा परेको हो। दूर्घटनामा १५ जना जना घाइते भएका छन्। घटनाका घाइतेहरूकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।