पाल्पा, असार ८: ट्राफिक सम्वन्धि ज्ञानको अभावमा समाजमा धेरै नेपालीहरुले सवारी दुर्घटनाको कारण अकालमा ज्यान गुमाउनु परेको तथा अङगभङग हुनु परेको गम्भिर तथ्यलाई मनन गरि ईलाका प्रहरी कार्यालय रामपुरले बिधार्थीहरुलाई ट्राफिक सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिएको हो ।
रामपुर नगरपालिकास्थित रामतुलसी माध्यमिक विद्यालय सोही विद्यालयका कक्षा १२ पढ्ने १२५ जना बिधार्थीहरु तथा अध्यापकहरु शुक्रबार बिहान ८ बजेदेखि ९ बजेसम्म एक घण्टा प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रम ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले सञ्चालन गरेका थिए । प्रशिक्षणको क्रममा निरीक्षक पाण्डेयले सवारी दुर्घटना भनेको के होरु र कसरी हुन्छ रु सवारी दुर्घटना के कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ र दुर्घटना भएको अबस्थामा ऐन कानूनमा के कस्तो क्षतिपुर्ति तथा दण्ड सजायको व्यवस्था गरेको छ आदी विषयहरुमा प्रष्ट पारेका थिए ।
कार्यालय प्रमुखको रुपमा आएका निरीक्षक पाण्डेले रामपुर नगरपालिपका तथा निस्दी गाउंपालिकामा रहेका सबै विद्यालय एवं कलेजहरुमा ट्राफिक सम्बन्धि प्रशिक्षणको अलावा साइवर अपराध, लागु औषध र मानव बेचबिखन लगायतका बिषयहरुमा समेत निरन्तर चेतनामुलक प्रशिक्षषण गरिने जानकारी दिए ।