विद्यार्थीद्वारा नगरपालिकाको कार्यालयमा तोडफोड

रिपोर्ट नेपाल | 2019 Sep 27 | 03:53 pm 3894

रौतहट, असोज १०: शुक्रबार कटहरिया नगरपालिकामा तोडफोड भएको छ । शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

बिहीबार बसेको नगरपालिकाको बैठकले नगर अन्तर्गत रहेको मावि भसेढवाका प्रधानाध्यापक राम मंगल प्रसाद यादव सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयको विरुद्धमा एक स्थानबाट अर्को स्थानमा शिक्षकलाई सरुवा गरेको भन्दै नगरपालिका अन्तर्गतका विद्यार्थीहरुले बिहानै नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले कम्युटर, ल्यापटप र कुर्सी तोडफोड गरेका छन् । कार्यालयमा भएको दराज, सिसिटिभी क्यामरा नष्ट गरेका छन् । त्यस्तै उनीहरूले झयाल ढोकासमेत तोडफोड गरेका छन् ।

विद्यार्थीको समूहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएको नगरपालिकाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.