विदेशी भाषाद्वारा, नेपाली राष्ट्रिय भाषामा अतिक्रमणः कार्यवाहक राष्ट्रपति पुन

रिपोर्ट नेपाल | 2018 Oct 31 | 06:13 pm 3304

काठमाडौँ, कात्तिक १४ : तत्कालिन कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपालको राष्ट्रिय भाषामाथि विदेशी भाषाले अतिक्रमण गरिरहेको उल्लेख गर्दै यस विषयमा सरकारको बेलैमा ध्यान पुर्याउनुपर्ने जानकारी दिए ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद घिमिरे शताब्दी वर्ष प्रवेश गरेको अवसरमा आयोजित अभिनन्दन समारोहमा कावा राष्ट्रपतिले राष्ट्रिय शिक्षा प्रणालीमा विदेशी भाषालाई प्रोत्साहन गर्दा शिक्षा हुनेखानेका लागि मात्र बन्न पुगेको बताएका छन् ।

नेपाल मै आयोजना हुने औपचारिक कार्यक्रम पनि सरकारी औपचारिक भाषालाई बिर्सेर विदेशमा भए झैँ अङ्ग्रेजी भाषामा हुने गरेका छन् । सबै भाषा पढ्नुपर्छ, बोल्नुपर्छ, तर प्राथमिकता भने आफ्नै भाषालाई दिनुपर्छ भन्ने सुझाव दिएका छन् ।

राष्ट्रकवि घिमिरेले राष्ट्रको भाषा साहित्यमा गरेको योगदान अविस्मरणीय रहेको र उनका कृति कालजयी र अमर रहेको उल्लेख गरे । कावा राष्ट्रपति पुनले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन पत्रले अभिनन्दन गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.