विदेशीने विद्यार्थी रोक्न ठोस नीति आवश्यकः महानिरीक्षक खनाल

रिपोर्ट नेपाल | 2019 Feb 27 | 01:08 pm 2361

काठमाडौं, फागुन १५ : सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मुलुकको शिक्षा रोजगार उत्पादन गर्ने माध्यम नभएर वैज्ञानिक र व्यवसायिक शिक्षा हुनुपर्ने कुरामा जोड दिएका छन् ।

महानिरीक्षक खनालले सनसाइन स्कुल सिटिजन कलेजको दशौं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै शिक्षा आर्जनका लागि मुलुकबाट लाखौं युवा बिदेशिनु मुलुकको अर्थतन्त्रका लागि दुर्भग्य भएको बताएका थिए ।

हरेक अभिभावक आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि अहोरात्र चिन्तित भइरहेका बेला बिदेशमा अध्ययन गर्न गएका विद्यार्थी अवैध कलेजमा परेर अलपत्र परेको समाचार आउनु दर्भाग्य भएको महानिरीक्षक खनालको भनाई रहेको थियो ।

शिक्षा आर्जनका लागि बिदेशिने विद्यार्थीलाई रोक्नका लागि राज्य र सरोकारवालाले विशेष योजना ल्याउनुपर्नेमा खनालको विशेष जोड रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राडा सुरेन्द्र केसीले बालमनोवैज्ञानिक आधारमा अध्यापन गराउनुपर्ने बताएका थिए ।

प्रिन्सिपल बाबुराम गाैतमले विद्यालयमा विशेष ज्ञानबाट आधुनिक र वैज्ञानिक तरिकाबाट अध्यापन गराइने बताउँदै हाम्रो र राम्रो विद्यालय बनाउन अभिभावक र शुभ चिन्तकको सुझावको आशा गरेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.