विदेशमा हुने नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका कार्यक्रम स्थगित

रिपोर्ट नेपाल | 2020 Feb 29 | 04:31 pm 1558

काठमाडौं, फागुन १७: कोरोना भाइरस (कोभिड १९) का कारण नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ।

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वका धेरै देशहरूमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार–प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो।

पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा कार्यक्रमपछि बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचारप्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको काम सरकार केन्द्रीत भएको बताए।

उनले परिस्थिति अनुकूल नहुँदासम्म आन्तरिक पर्यटनलाई जोड दिँदै नीति अगाडि बढाउने तयारी मन्त्रालयले गरेको पनि बताए।

मन्त्री भट्टराईले कोरोनाका कारण नेपाल भ्रमणवर्ष २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यलाई असर गरेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.