विदेशबाट स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण

| 2021 May 12 | 08:13 pm 2649

काठमाडाैं, बैशाख २९ः नेपाली कांग्रेसले विदेशमा अलपत्र अवस्थामा रहेका स्वास्थ्य सामग्री तत्काल ढुवानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रमुख सचेतक बालकृष्ण खाणले बुधबार विज्ञप्ति जारी गर्दै अविलम्ब स्वास्थ्य सामग्री तथा उपकरणहरुको हवाई ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण गर्न सरकार एवं सम्बन्धित निकायको गम्भीर ध्यानकर्षण गराएका हुन्।

नेपाली कम्पनीहरुले खरिद गरेका स्वास्थ्य सामग्री तथा उपकरणहरु हवाइजाहजको अभावका कारण चीनका विभिन्न विमानस्थलमा अलपत्र अवस्थामा रहेका छन्।

कोभिड १९ का बिरामी दिनानुदिन वृद्धि हुँदै गइरहेका छन्। ‘यस्तो विषम परिस्थितिमा नेपाली जनतालाई स्वास्थ्य सामग्रीको अभाव हुन नदिई कोभिड संक्रमितको उपचार गर्नुपर्नेमा यस तर्फ सरकार गम्भीर भएको देखिदैन’, कांग्रेसले भनेको छ।

स्वास्थ्य सामग्रीको अभावका कारणले कोरोना संक्रमित र अन्य विरामीहरुको उपचारमा कठिनाई भइरहकाले तत्काल आवश्यक व्यवस्था गर्न कांग्रेसले माग गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.