विदेशबाट रकम पठाउँदा अबैध बाटोबाट नपठाउन ब्युरोको आग्रह

| 2023 Dec 04 | 04:13 pm 1541

काठमाण्डौ, मङ्सिर १८। नेपाल प्रहरीको साइबर ब्युरोले वैदेशिक रोजगारमा रहेका नेपालीहरूले थोरै पैसा बचाउने नाममा ठगिने क्रम दिन प्रतिदीन बढेको भन्दै सचेत रहन आग्रह गरेको छ । विदेशबाट रकम पठाउने क्रममा नेपालीहरू ठगिएको भन्दै ब्युरोले एक बिज्ञप्ती मार्फत सचेत गराएको हो ।

पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालहरूको दुरुपयोग गरी, विभिन्न झुटा प्रलोभनमा पारी, साइबरजन्य ठगी गर्ने गरेको पाइएको ब्यूरोका प्रबक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायद्वारा हस्ताक्षरित बिज्ञप्तीमा जनाईएको छ ।

वैदेशिक रोजगारमा रहेका कतिपय नेपाली नागरिकले प्रलोभनमा परी अवैध तवरले नेपालमा रकम पठाउने गरेको प्रहरी उपरीक्षक रायले जनाएका छन्।

403408826_7036395186403909_916490112443659650_n

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.