विज्ञ भन्छन्: जनतालाई देखाउनकै लागि मन्त्री र सांसद स्वास्थ्य सेवा विभाग धाइरहेका छन्

| 2021 May 20 | 08:07 am 1437

काठमाडौं, जेठ ६ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामग्री पु-याउने काम सांसदको नभएको स्पष्ट पारे दैनिक सातदेखि आठ  । मन्त्रालय र मातहत निकायमार्फत वितरण गरिनुपर्ने कोभिड–१९ सामग्री जिल्ला पु-याउन उनीहरू हानाथापसमेत गरिरहेका छन् ।

सांसदको लेटरप्याडसमेत प्रयोग गरी उनीहरूले स्वास्थ्य सामग्री माग गरिरहेको पाइएको छ । जसकारण सामग्री रेकर्ड व्यवस्थापन विभागलाई समस्या हुने गरेको छ ।

सांसदहरू झपट रावल, देवेन्द्र पौडेल, किसान श्रेष्ठ, गंगा चौधरी, निरु पाल, कृष्ण दाहाल, शान्ता चौधरी, हिराचन्द्र केसीलगायत विभाग पुगेका छन् । उनीहरूले मुख्यतः अक्सिजन सिलिन्डर, मास्क, पीपीईलगायत कोभिडजन्य औषधि माग गरेका छन् ।

सांसददेखि मन्त्रीसम्मले मन्त्रालय पदाधिकारी र स्वास्थ्य सेवा विभाग अधिकारीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउन पटकपटक आग्रह गर्दै आएका छन् ।

स्वास्थ्य संस्थाले आवश्यकताका आधारमा माग फारम बनाएको छ । सम्बन्धित निकायले संस्थाको नाममा मौज्दातमा सामानको आधारमा ‘हस्तान्तरण फाराम’ बनाउँछ । त्योसहित सामान जान्छ । सामान गएर स्टोरमा दाखिला गर्ने प्रावधान छ । र, दाखिला रिपोर्ट सम्बन्धित निकायमा पठाउनुपर्नेहुन्छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. बाबुराम मरासिनी सांसदले स्वास्थ्य सामग्री माग गर्न विभाग धाउनु उचित नभएको टिप्पणी गर्छन् । जनतालाई देखाउनकै लागि उनीहरूले स्वास्थ्य सामग्री माग गरेको हुन सक्ने उनले औंल्याए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.