विजयकाे भन्दा रेनुकाे १ हजार १ सय १९ मत मतान्तर

रिपोर्ट नेपाल | 2022 May 18 | 07:18 am 1561

चितवन, जेठ ४ः भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेकी छन्।

वडा नं ६ को मतगणना चलिरहँदा दाहाल १ हजार १ सय १९ मत मतान्तर बनाएकी  छन्। भरतपुरमा २५ हजार ३ सय ५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८ सय ९२ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार १ सय १२ मत प्राप्त गरेका छन्। यस्तै उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले मतान्तर बढाउँदै लगेका छन्।  उनले १० हजार ७ सय ७४ मत ल्याएका छन्। अधिकारीलाई पछ्याउँदै राप्रपाकी हिमाल गुरुङले ६ हजार ४ सय ५४ मत  प्राप्त गरेकी छन्। अहिले भरतपुर ६ नम्बर वडाको मतगणना जारी   छ। यस वडामा अध्यक्षमा भने एमाले अगाडी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.