विङ्गर र अटो एक आपसमा ठाेक्किदा तीनको मृत्य, पाँच घाइते

| 2021 Sep 04 | 08:56 am 2181

कैलाली, भदाै १९ः शुक्रबार साँझ कैलालीमा विङ्गर र अटो रिक्सा एक आपसमा ठाेक्किदा तीन जनाको मृत्य भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा अटोमा सवार घोडाघोडी नगरपालिका–९ का २४ वर्षीय युवराज चौधरी, २६ वर्षीय भीगम चौधरी र १९ वर्षीय जितेन्द्र चौधरीको रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा पूर्वतर्फ गइरहेको म १ ज ३१९ नम्बरको विङ्गर र विपरीत दिशाबाट आइरहेको से १ ह २५१० नम्बरको अटो रिक्सा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकाउनीहरु तीनै जनाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरी उपरीक्षक वामदेव गौतमले बताए । उनका अनुसार दुर्घटनामा परेर घोडाघोडी नगरपालिका–९ कै २३ वर्षीय दीपेन्द्र चौधरी, २२ वर्षीय सुरेन्द्र चौधरी, २९ वर्षीय हरी चौधरी, १९ वर्षीय आशन चौधरी र कञ्चनपुरको वेदकोट नगरपालिका–१० दैजीका २५ वर्षीय धने रावल घाइते भएका छन् ।

उनीहरुको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्येका सुरेन्द्र चौधरी अटो चालक हुन् भने रावल विङ्गरका सहचालक हुन् । विङ्गरका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.