विङ्गरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2019 Nov 22 | 08:25 am 3150

  • महेश सिंह

सिरहा, ५ मंसिर लहान नगरपालिका १२ भोटिया टोल चौकमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएका छन् भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ का अन्दाजी १५ /१६ बर्षिय सरोज कुमार यादव रहेको ईलाका प्रहरी कार्यालय लहानको डिएसपी भेषराज रिजालले जानकारी दिए ।

पूर्वबाट पश्चिम् तर्फ जाँदै गरेको ना १ ज ८३७५ नम्बरको विङ्गरले स ४ प ६०४५ नम्बरको मोटरसाइकललाई पछाडीबाट ठ्क्कर दिदा विङगरको सह ,चालक यादवको घटना स्थलमै ज्यान गएको प्रहरीले बताए ।

मोटरसाइकलमा सवार लहान नगरपालिका २२ सिसवनीका महेश चौधरी र पनिलाल चौधरी घाइते भएको छन्।

घाइतेहरुको लहान अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाए । मृतक यादवलाई परिवार जिम्मा लगाईएको छ । ठक्कर दिने गाडी र चालक इलाका प्रहरीको कार्यालय लहानले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.