वायु प्रदूषण गर्ने १४ सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा

| 2023 Jan 03 | 07:42 pm 845

काठमाडौं, पुस १९ः कलंकीमा मंगलबार गरिएको विशेष चेकिङका क्रममा अत्याधिक मात्रामा धुँवा फाली वायु प्रदूषण गर्ने १४ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।

मंगलबार दिउँसो १ बजेदेखि २ बजेसम्म गरिएको चेकिङका क्रममा माथी उल्लेखित सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

बबरमहल स्थित वातावरण विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको तालिम प्राप्त दक्ष प्रविधिक सहितको टोलीद्वारा कलंकीमा ४३ ओटा सवारी साधनलाई चेक गरिएकोमा १४ वटा अत्याधिक कालो धुँवा फाल्ने सवारी साधन भेटिएको थियो ।

सवारी साधन मर्मत पश्चात तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काजगपत्र फिर्ता दिने बताइएको छ ।

अत्याधिक धुँवा फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण हुनुका साथै अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम समेत हुने भएकोले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकहरुलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.