काठमाडौं, वैशाख १९: केशबराज सापकोटाको अध्यक्षतामा वामी विश्व सम्पर्क मञ्च युरोपको ११ सदस्यीय समिति गठन भएको छ ।
त्यस्तै उपाध्यक्षमा स्विडेनका सुमन काफ्ले, सचिवमा चेक रिपब्लिककी अन्जना रायमाझी, कोषाध्यक्ष्यमा चेक रिपब्लिकका अशोक परियार मनोनित भएका छन् ।
साथै पोल्याण्ड प्रतिनिधीमा किस्मत रायमाझी, जर्मन प्रतिनिधीमा तिलक काफ्ले, लक्जम्वर्ग प्रतिनिधीमा धनपति सापकोटा, स्पेन प्रतिनिधीमा लक्ष्मण पाण्डे, पोर्चुगल प्रतिनिधीमा भवानी खरेल, बेल्जियम प्रतिनिधीमा निलकण्ठ काफ्ले र फिनल्याण्ड प्रतिनिधीमा तारा प्रसाद सापकोटा मनोनित भएका छन् ।
यसै गरी सल्लाहाकारहरुमा डा कृष्ण सापकोटा (चेक रिपब्लिक), हेम बोहोरा (स्विजरल्याण्ड), बैकुण्ठ रायमाझी, होमनाथ सापकोटा (पोल्याण्ड), प्रेम काफ्ले (नर्वे), अर्जुन सापकोटा (चेक रिपब्लिक) बाट रहेका छन् ।
सम्पूर्ण कार्य समितिलाई बधाई तथा कार्यसफलताको शुभकामना परिचय वामी विश्व सम्पर्क मञ्च, वामी र वामी भन्दा बाहिर संसार भरी छरिएर रहेका वामिली मनहरुको एक चौतारी हो वामी विश्व सम्पर्क मञ्च यो एक छाता संगठन हो । मूल समिति वामीमा छ र औपचारिक रुपमा जिल्ला सदरमुकाम तम्घासमा दर्ता भएको छ ।
यसै गरी विभिन्न देशमा शाखा संगठन रहेका छन् जस्तै अमेरिका, अष्ट्रेलिया, क्यानाडा, जापान, बेलायत, युरोप र काठमाडौँ । यो सम्पूर्ण समितिलाई समन्वय गर्नको लागि डा इश्वरी पाण्डेको अधक्ष्यतामा समन्वय समिति बनेको छ भने यस भन्दा पहिला डा तारा प्रसाद सापकोटाको अधक्ष्यतामा बनेको थियो ।
युरोपमा पहिलाको समिति चेक रिपब्लिकमा मात्र थियो युरोपका विभिन्न देशहरुमा वामिलीमनहरु छरिएर रहेको र कुनै देशमा एक दुइ जना मात्र पनि भएको हुदा सबैलाई समेट्ने उद्देश्यले पुरै युरोपलाई समेटेर एउटा समिति बनाएको छ ।
यसको पहिलो उद्देश्य भनेको संसारको जुन सुकै कुनामा रहेपनि हामी वामिली एक आपसमा सम्पर्कमा रहू है भन्ने नै हो ।
दोस्रो वामिको माटोले जन्माएका विभिन्न विशिष्ट व्यक्ति व्यक्तित्वहरु संसार भरी छन् अमेरिकाको नासा देखि प्रोफेसर, डाक्टर, समुन्द्रमा शहर बसाउने इन्जिनियर, साथै व्यापार विजनेश लगायत विभिन्न क्षेत्रमा अब्बल अनुभवहरुला मन्थन गर्दै जन्म भूमि वामीलाई आर्थिक भौतिक नैतिक लगायत भावनात्मक कुनै पनि सहयोग गर्न सक्ने वामी विश्व सम्पर्क मञ्चको विश्वास छ ।
यसै गरी भैपरी आउने भवितव्यमा स्वैच्छिक सहयोगी हात बढाउने साथै संस्कृति संरक्षण तथा प्रवर्धन गर्ने आदि लक्ष्य लिएको छ ।
यसको जन्म २०६९ को नयाँ सालको दिन प्रवासी सम्पर्क संगम वामीको फेस बुक ग्रुप वालमा यो सस्थाको संरचनाको अभियानको घोषणा बैकुण्ठ रायमाझीको फेसबुक मार्फत भए पनि औपचारिक रुपमा भने २०७० सालमा भएको थियो ।
यो सस्था सफल हुनुमा विभिन्न तह तक्ताबाट दृश्य अदृश्य वामिली मनहरुको अहम भूमिका रहेको छ ।