वाइडबडी, ३३ किलो सुन र एनसेल कर छली छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

| 2019 Mar 03 | 05:13 pm 1381

काठमाडौं, फागुन १९ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वाइडबडी, ३३ किलो सुन, एनसेल कर छलीलगायतका घटना छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

पार्टीको मेची–महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज जलेश्वरमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारका कारण मुलुक गहिरो संकटमा फस्दै गएको बताए ।

अध्यक्ष थापाले देश टुक्रयाउनुपर्छ भन्नेलाई सरकारले कारबाही गर्न नसकेको आरोप लगाए । मुलुकमा विदेशी चलखेल बढ्दै गएको उनको भनाइ थियो । अध्यक्ष थापाले राष्ट्रिय स्वाधिनताको रक्षा र राष्ट्रिय अखण्डताका लागि सबैलाई जागरुक हुन आग्रहसमेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.