वाइडबडी विमान ‘मकालु’ पनि अवतरण

| 2018 Jul 26 | 10:50 am 2131

काठमाडौँ, साउन १० : नेपाल वायुसेवा निगमको दोस्रो वाइडबडी विमान (मकालु) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली सोही विमानमा आएका हुन् ।

त्रिभुवन विमानस्थलमा विमानलाई पानीको फोहोराले भव्य स्वागत गरिएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलका सचिव कृष्णप्रसाद देवकोटा, निगमका उच्च अधिकारीलगायतले स्वागत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.