- महेश सिंह
सिरहा, जेठ २७ः लहान नगरपालिका वडा नम्बर २४ खप्टेडाँडामा बिजुलीबत्ती उद्घाटन तथा ५० केभिको टानसफर्मर जडान हुँदा सिङ्गै गाउँ नै खुशी भएका छन् । बति बल्ने खबर गाउँ भरी नै फैलिएको छ । गाउँमा बिजुलीबत्ती बाल्ने सपना मारेर बसेका अधिकांश बासिन्दाले त्यसलाई हल्लाका रुपमा लिए, धेरैले पत्याएनन्।

सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सदस्य तथा बौद्धिक नेता प्रदिप गिरीको संसदीय कोषबाट करिब २० लाखको लागतमा लहान नगरपालिका २४ खप्टेडाँड मा विद्युतको लाईन पुग्दा स्थानीयहरु खुशी भएका छन् ।
गिरी हाल सिरहा क्षेत्र नम्बर १ का निर्वाचित प्रर्तिनिधी सभा सदस्य समेत रहेका छन् । अर्को नेपाली कांग्रेसका चर्चित तथा लोकप्रिय युवा नेता महेश चौधरी र महिला संघकी केन्द्रीय सदस्य संगीता कर्माचार्यकाे अथक प्रयासपछि गाउँमा बिजुलि बतिको उज्यालो भएपछि स्थानीयहरुले नेता प्रदीप गिरी र नेता महेश चौधरीलाई धन्यवाद व्यक्त गरेका छन् ।
उक्त गाउँमा करिब २ सय गरिब, दलित,थापा मगर, यादवहरुको समेत बस्तीरहेको छ । उक्त गाउँमा बाटो घाटाे, र खानेपानी , बिजुलि बतिको समेत सुबिधा नरहेको गाउँका गाई बस्तुदेखि लिएर मानिस समेत नजिकै रहेको ताल, दहको पानी खान बाध्य भएका थिए ।

केही महिना अगाडि गाउँमा लाईन पुगेका थिए तर भोलटेज नपुगेर अध्यारोमा रात बिताउन बाध्य भएका थिए । दुइवर्ष अघिसम्म गाउँमा बिजुली ल्याउने चर्चा गर्दा कसैले पत्याउँदैन्थ्याे। स्थानीयको प्रश्न हुन्थ्यो, यस्तो विकट गाउँमा कसरी बिजुली बल्छ ? वर्षौंदेखि दियालो र टुकीको भरमा रात काट्दै आएका स्थानीयको यहीँ प्रश्नको उत्तर दिने साहस कसैले गरेनन्। बरु विद्युत प्राधिकरण लहानले ५ महिना अगाडि गाडेका बिजुलीका पोल पनि पाँच महिना देखी अलपत्र नै थिए ।
त्यसपछि त झन् गाउँलेले बिजुलीबत्ती बाल्ने सपना नै मारिदिएका थिए । वर्षौंको प्रतिक्षापछि गाउँमा दोस्रो पटक झलमल्ल बिजुली बलेको देखेपछि उनीहरुमा खुशीको सीमा नै रहेन। त्यही खुशी साट्न उनीहरूले वरपरका छिमेकीहरुलाई पनि बत्ती बलेको हेर्नका लागि हारगुहार नै गरे ।
लामो प्रयासपछि गाउँमा बिजुली बलेपछि स्थानीय राजनीतिक दलहरु पनि हौसिएका छन्। निरन्तरको प्रयासपछि गाउँमा दियालो र टुकीको भरमा अन्धकार छल्दै आएका स्थानीयले बिजुली गुमाएको दोस्रो पटक गाउँमा बिजुली पुगेपछि खुशीयाली छाएको छ।

स्थानीयले भने, आज हाम्रो सपना पूरा भएको छ, हामी वर्षौंपछि अन्धकारबाट मुक्त भएका छौं। उज्यालोसँगै गाउँमा समृद्धिको प्रवेश भयो, अब गाउँको जीवनस्तरमा पनि सुधार आउनेछ।
स्थानीय युवा नेता आनन्द चौधरीलाई सुनाएका थिए । राहत अभियान्ता महेश र संगीताको जोडीले केही दिन अगाडि उक्त बिपन्न बस्तीमा राहत दिन पटक – पटक पुगेका थिए ।
समाजसेवी चौधरी र कर्माचार्यलाई गाउँलेहरुले राम्रो काम गरेको भन्दै सम्मान गरेका थिए । कार्यक्रममा समाजसेवी महेश्वरी चौधरी र पत्रकार महेश सिंहको समेत उपस्थिति रहेको साथै सबै वडा र वस्तीमा विद्युत विस्तारका लागि मिलेर काम गर्ने उनीहरुले प्रतिबद्धतासमेत जनाएका थिए ।