वर्किङ भिषामा अमेरिका पठाउँछु भनी ठगी गर्ने तीन जना पक्राउ

| 2021 Jul 23 | 03:07 pm 2229

काठमाडाैं, साउन ८ः वर्किङ भिषामा अमेरिका पठाउँछु भनी ठगी गर्ने तीन जानालाई केन्द्रीय अनुसन्धानकाे टाेलीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नपा. वडा नं. ४ हरिहरपुर स्थायी घर भई हाल पोखरा महानगर पालिका वडा नं. १८, भकुण्डे बस्ने २४ वर्षीय बिकास भनेर चिनिने बिनोद भुसाल, पोखरा महानगर पालिका वडा नं. २, मिरुवाका ३१ वर्षीय पुकार गुरुङ र पोखरा महानगर पालिका वडा नं. १२, रानीपौवाका ३० वर्षीय प्रकास गुरूङ रहेका छन् ।

अमेरिका पठाउछु भनी ठगी गर्ने मनसायले विगत दुई वर्ष देखि पुकार गुरूङ, प्रकाश गुरूङ लगायतका व्यक्तिहरुको बैंक खातामा बिनोद भुसालले पटक पटक गरी ७४ लाख ९ हजार ५ सय रकम जम्मा गर्न लगाएका थिए ।

उक्त रकम ठगी गरेको भनी मिति २०७८/०४/०१ गते यस व्यूरोमा पीडितले जाहेरी दरखास्त दिए पश्चात प्राप्त गोप्य सुचनाको आधारमा व्यूरोबाट खटी गएको टोलीले मिति २०७८/०४/०७ गते पोखरा महानगरपालिकाको विभिन्न स्थानबाट कसूरदारहरु बिकास भनेर चिनिने बिनोद भुसाल, पुकार गुरुङ र प्रकास गुरूङलाई प्रक्राउ गरी आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको बताइएकाे छ ।

अनुसन्धानबाट खुल्न आएका तथ्यहरु :
१. कसूरदार बिनोद भुसालले संयुक्त राज्य अमेरिकामा थुनामा रहेको व्यक्तिलाई छुटाई दिन्छु भनी रु २५ लाख रुपैया ठगी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय दाङले ठगी मुद्दामा कारवाही गरेको ।

२. पीडितलाई अमेरिकामा रहेकी भनिएकी दिव्या राणाले कृषी फर्ममा Work Permit Visa दिलाउँछु भनि प्रलोभन देखाई काठमाण्डौंमा रहेका बिनोद भुसाल सँग सम्पर्क गरी भने बमोजिम गर्नु भनि विश्वास दिलाएको र निज विनोद भुषालले विभिन्न व्यक्तिहरुको खातामा रकम समेत जम्मा गर्न लगाई ठगी गरेको ।

३. निजहरुले अमेरिकन एम्बेसी, काठमाण्डौंको नक्कली कागजातहरु बनाई पीडितहरुलाई झुक्याई ठगी गरेको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.