काठमाडौँ, साउन १० । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) उज्ज्वल पौडेलको हत्या भएको भन्दै पौडेलका बावु खेम शर्मा पौडेलले होटलका सञ्चालक आमाछोराविरूद्ध किटानी जाहेरी दिएका छन् ।
मृतकका बावु खेम शर्मा पौडेलले बुधबार जिल्ला प्रहरी कार्यालय बागलुङमा होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवर विरुद्ध जाहेरी दिएका हुन् ।
वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटेलको तल्लो तलामा पासो लगाएको अवस्थामा मङ्गलवार मृत फेला परेका थिए ।
प्रहरीले मंगलबारनै होटेल सञ्चालक आशा कुँवर र विनोद कुँवरलाई सोधपुछका लागि नियन्त्रणमा लिइसकेको छ । नियन्त्रणमा लिइएका दुवैलाई अदालतको अनुमतिमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।