वरको हाँगा काट्न रुख चढ्दा लडेर १ को मृत्यु, १ घाइते

रिपोर्ट नेपाल | 2019 Jan 20 | 04:37 pm 2332

संखुवासभा, माघ ६ : संखुवासभाको चैनपुर नगरपालिका–६ सिम्लेमा वरको रुखबाट लडेर एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्।

वरको हाँगा काट्न रुख चढेका ४० वर्षीय पासाङ शेर्पा हाँगा काट्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। सार्वजनिक स्थलमा रहेका वरको रुखले गाउँका घर बस्तीमा असर पुर्‍याएको भन्दै सबै गाउँलेको उपस्थितिमा वरको हाँगा काट्ने निर्णय भएको थियो।

हाँगा काट्न चढेका २८ वर्षीय सन्चकुमार तामाङसमेत रुखबाट लडेर घाइते भएका थिए। घाइते तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.