वन मुद्दामा फरार अभियुक्त ४ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2019 Aug 10 | 09:41 pm 2044

बारा, साउन २५: बिना ईजाजत वन पैदवार हानी नोक्सानी तथा ओसार पसार मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नम्बर २ का जोखु महतो रहेका छन् ।

२०७२ पुस ३ गते जिल्ला अदालत बाराले उनलाई १ वर्ष कैद र ५ हजार ७ सय ८९ रुपैयाँ जरिवाना फैसला गरेको थियो फैसलापछि उनी फरार रहेका थिए ।

चार वर्षपछि २०७६ साउन २४ गते जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई लुकी छिपी बसेको अवस्थामा पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश बमोजिम तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.