वन कार्यालयले पक्राउ गरेका पुरुषको मृत्यु

रिपोर्ट नेपाल | 2022 Aug 19 | 07:30 am 1021

सुर्खेत, भदौ ३ः डिभिजन वन कार्यालय सुर्खेतले वन मुद्दामा पक्राउ गरेका एक पुरुषको विहीबार मृत्यु भएको छ । लेकबेशी नगरपालिका– १० का ५८ वर्षीय धनिराम लामिछानेको कार्यालयको थुनुवाकक्षमै मृत्यु भएको हो ।

मृत्यु पछि आफन्तहरु आन्दोलिन बनेका छन् । मदन भण्डारी राजमार्गमा टाँचा लगाएको सालको रुख काटेको आरोपमा वनका कर्मचारीले लामिछाने र उनको श्रीमतिलाई पक्राउ गरेको र कुटपिटबाट उनको मृत्यु भएको परिवारको आरोप छ । घर बनाउँनका लागि सानो रुख काटेको आरोपमा भाउजुलाई पहिला वन कार्यालयले पक्राउ गरेको भाई रामप्रसाद लामिछानेले बताए ।

उनले भने, ‘पछि वन कार्यालयबाट मिलापत्र गर्ने कुरा गरेर घर गए, झुक्काएर दाईलाई वनका चार जना कर्मचारीले, लतार्दै, पिट्दै ल्याएको र भाउजुलाई छाडेर दाजुलाई थुनेको थियो र दाईको वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्ने बाहना बनाएको भाईको आरोप छ ।

यस्तै, आफन्तहरुले बिहीबार बेलुका डिभिजन वन कार्यालय वीरेन्द्रनगर, सुर्खेत अगाडी विरोध जनाएका छन् । डिभिजन वन कार्यालयका प्रमुख मुनबहादुर रावतले कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेको दाबी गरे । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.