काठमाडौं, असार ११ः प्रतिबन्धीत बन्यजन्तुको आखेटोपहार ओसारपोसार तथा कारोबार मुद्दामा फरार रहेका एक जनालाई ब्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हुम्ला साबिकको लिमि गाविस वडा नं ४ हाल नाम्खा गापा वडा नं ६ घर भई हाल कामनपा वडा नं ६ वौद्ध वस्ने ५० वर्षीय कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङ रहेका छन् ।
२०६२ साल भाद्र १६ गते स्याफ्रु गाविस वडा नं ९ रसुवामा पाटे बाघको छाला ५ थान, चितुवाको छाला ३६ थान, ओतको छाला – २ सय ३८ थान र बाघको हड्डी – १ सय १३ किलो आखेटोपहारसहित पाँच जना मानिसहरु पक्राउ परी दोषी ठहर भई कैद भुक्तान समेत गरी सकेको छ ।
उक्त अपराध मुद्दामा सुरुदेखि नै फरार रहेका मूख्य अभियुक्तलाई यस व्यूरोको टोलीले २०७७ असार ११ गते कामनपा वडा नं ६ सिमलटारबाट पक्राउ गरेको ब्यूरोले जानकारी दिएको हो ।
पक्राउ परेका अभियुक्तलाई आवश्यक कारवाहिको
लागि बिहीबार नै लामटाङ राष्ट्रिय निकुञ्ज कार्यालय धुन्चे रसुवामा बुझाईएको ब्यहोरा जानकारी गराईएको छ ।
साथै, उक्त व्यक्ति वन्यजन्तु सम्बन्धि बिभिन्न अपराधमा संलग्न रही यस व्यूरो र ईन्टरपोलको समेत सर्वाधिक खोजी सूचीमा रहेको समेत बताइएको छ