महोत्तरी, पुस १७: वनभोज खान सिमानाकामा गएका एक युवकमाथि बुधबार राति गोली प्रहार भएको छ । जलेश्वर नगरपालिका वडानम्बर ५ विषणपुरका १६ वर्षीय अक्षय कापरमाथि गोली प्रहार भएको हो ।
अंग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना साथीहरुसँग भारतसँग जोडिएको सिमाक्षेत्रमा वनभाेज मनाइरहेका बेला एक्कासी गोली चल्दा कापर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते कापरलाई घटनालगत्तै जलेश्वर अस्पताल ल्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको हो । कापरको अवस्था गम्भीर देखिएपछि त्यहाँबाट विराटनगर लैजाने तयारी गरिएको छ ।
कापरले गोली चलाउनेको नाम बताए पनि प्रहरीले भने नाम सार्वजनिक गरेको छैन । घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको कमाण्डमा गएको प्रहरी टोलीले छानबिन गरिरहेको जनाइएको छ ।