वडाध्यक्ष र सचिव घुससहित पक्राउ

रिपोर्ट नेपाल | 2023 Mar 23 | 07:43 am 1377

जनकपुरधाम, चैत ९ः जनकपुरधाम उपमहानगरपालिका–११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले गएराती पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिक रहेको रोहन होटेलबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । अख्तियारका डिएसपी सुभाष राय नेतृत्वको टोलीले पक्राउ गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.