कास्की, ३१ भदौ : गाउँपालिका कार्यालय तोडफोड गरेकाे आरोपमा वडाध्यक्षसहित तीन जना पक्राउ परेकाप्रति नेपाली काँग्रेस कास्कीले आपत्ति जनाएको छ । मङ्गलवार एक प्रेस विज्ञप्ति निकाल्दै नेपाली काँग्रेस कास्कीले कार्यवाहक अध्यक्षको नामबाटै नै कार्यालयमा तोडफोड भएको जनाएको हाे ।
‘जनताको तर्फबाट गाउँपालिका गतिविधिका बारेमा सूचना माग्न जाँदा अपमानका साथै तोडफोडको बाहनारची धरपकड पक्राउ गरिनु यो अत्यन्तै निन्दनीय र खेदजनक विषय हो’ जारी विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका कार्यालय तोडफोडको आरोपमा प्रहरीले माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल पक्राउ गरेको थियो ।
