लोप भएको डण्डीबियो धादिङबाट व्यूतिने

रिपोर्ट नेपाल | 2019 Jan 31 | 02:45 pm 2659

काठमाडौं, माघ १७ : झण्डैझण्डै लोप हुन लागेको डण्डीबियो लोक खेल संक्षणका लागि धादिङका समाजिक संस्था र युवाहरु सकृय हुन थालेका छन् ।

नेपाल डण्डीबियो संघ र नेपाल स्काउट धादिङको संयुक्त आयोजनामा फागुन ५ गतेदेखि ७ गतेसम्म निलकण्ठ नगरपालिकामा माध्यमिक विद्यालय स्तरीय डण्डीबियो प्रतियाेगिता हुने भएको छ ।

राज्यबाट पूर्ण रुपमा बेवास्ता गरिएको डण्डीबियो खेलबाट स्वास्थ्यमा समेत राम्रो हुने बताइन्छ । डण्डीबियो प्रतियोगिता कार्यक्रम संयोजक राजकुमार श्रेष्ठका अनुसार नयाँ पुस्ताले नामसम्म बिर्सिसकेको लोक खेल डण्डीबियोलाई जिवित पार्नका लागि प्रतियोगिता राखिएको हो ।

संयोजक श्रेष्ठले अगाडि भने जिल्ला भरका माध्यमिक विद्यालयका विद्यार्थीबीच प्रतिष्पर्धा बनाइने र खेलका विषयमा जानकारी दिइने छ । प्रतियोगितामा प्रथम हुनेलाई पचास हजार, द्वितीय हुनेलाई तीस हजार, तृतीयलाई बीस हजार र सान्त्वनालाई दश हजारको पुरस्कार दिइने पनि कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार लोकखेलबाट योगाको शुरुआत भएको र यस्तो स्वास्थ्यवर्दक खेललाई जिवित पार्न डण्डीबियो संघ र स्काउटले गरेको योगदान प्रशंसनीय भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.