लोकगीतका सर्जक, धरोहर अनि सम्राट कुमार बस्नेत पुरस्कृत

| 2023 Feb 28 | 05:26 pm 2105

काठमाडौं, फागुन १६ः कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले नेपालको लोकगीत, लोकवार्ता, लोकसंगीत तथा संस्कृतिको क्षेत्रमा गहन अनुसन्धान गरी विभिन्न भाकामा लोकगीत, लोकवार्ता, लोकसंगीत तथा संस्कृतिलाई नेपालका विभिन्न क्षेत्र एवं विश्वसाम परिचित गराउन पुर्याउनु भएको उल्लेखनीय योगदानको उच्च कदरगर्दै नेपालको संस्कृति एवं लोकसाहित्यका अनुसन्धानदाता श्रष्टा कालीभक्त पन्तको नाममा स्थापित वि.स.२०७९ सालको कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार प्रसिद्ध लोकगायक कुमार बस्नेतलाई प्रदान गरेको छ ।

No description available.

कालीभक्त पन्तको एकतीसौं स्मृति दिवस मनाउने क्रममा २०७९ फागुन १५ गते काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी रु. १ लाख १ हजार राशीको उक्त परस्कार हस्तान्तरण गरेको हो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा. पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र सम्माननीय पूर्व न्यायाधिश श्री कल्याण श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको एक कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरु, साहित्यकारहरु, गन्यमान्य व्यक्तित्वहरु लगायत परिवारजनका सदस्यहरुको उपस्थिति थियो ।

No description available.

नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन गर्ने, लोकवार्ता र संस्कृतिको प्रचार प्रसार र विकास गर्ने व्यक्तित्वलाई विगत चार वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार प्रदानगर्दै आएको छ ।

No description available.

नेपालमा रु १ लाख १ हजार बिदेशमा १ हजार १ रुपैयाँ अमेरिकी डलर राशी र सम्मान पत्र सहितको उक्त पुरस्कार यस अघि सत्यमोहन जोशी–(२०७५), कृष्ण कंडेल–(२०७६), तुलसी दिवस–(२०७७) र प्रा.डा. चुडामणी बन्धु–(२०७८) लाई प्रदान गरिएको उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साहिँला छोरा–बुहारी गोबिन्द प्रसाद पन्त र उर्मिला देवी पन्त हुनुहुन्छ ।

No description available.

यस अघि मिति २०७९ फागुन ६ गते कालीभक्त पन्तको एकतीसौं स्मृति दिवस फलेवास नगरपालिका ६ स्थित प्रतिष्ठानको स्मृति भवनमा एक कार्यक्रमको आयोजना गरी मनाइएको थियो । प्रतिष्ठानका अध्यक्ष प्रा.डा.पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र फलेवास न.पा.का उपमेयर श्री शोभा क्षेत्रीको आतिथ्यमा भएको एक कार्यक्रममा स्व.कालीभक्त, स्व.कष्णा पन्त तथा स्व.दुर्गादेवी पन्त पाण्डेका नममा स्थापित विभिन्न छात्रावृत्तिहरु वितरण गरिएको थियो ।

No description available.

सोही दिन प्रतिष्ठानको कार्य समितिको निर्णय अनुसार २०७९ का लागि कालीभक्त नेपाली लोकसाहित्य अन्तराष्ट्रिय पुरस्कार प्रसिद्ध लोकगायक कुमार बस्नेतलाई प्रदान गर्ने घोषणा गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.