लेनदेन मुद्दामा फरार रहेका अभियुक्त पक्राउ

| 2022 Nov 14 | 08:01 pm 1185

बर्दिया, कात्तिक २८ः लेनदेन मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया  नगरपालिका-५ बस्ने छोटेलाल थारु रहेका छन् ।

सम्मानित बर्दिया जिल्ला अदालत गुलरियाको मिति २०७९/०७/२५ गतेको फैसला आदेशले लेनदेन मुद्दामा थारूलाई २ वर्ष कैद सजाय तोकिएको थियाे  ।

फरार थारूलाई प्रहरी टोलीले मिति २०७९/०७/२७ गते बेलुकी लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित बर्दिया जिल्ला अदालतमा बुझाईएकोमा सम्मानित अदालतको आदेशले कारागार कार्यालय बर्दियामा पठाएको प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बाेहराले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.