लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Feb 27 | 07:35 pm 1753

बारा, फागुन १५ : विभिन्न किसिमका मुद्दामा अभियोग लागेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका वडा नम्बर–८ का काशीनाथ पंडित रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएका प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ । अभियुक्तलाई २०७५ जेठ २२ गते लेनदेनको मुद्दामा फैसला गरेको थियो ।

उनलाई अदालतको आदेश बामोजिम १ वर्ष कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.