लेनदेन मुद्दाका फरार अभियुक्त पक्राउ

| 2020 Oct 04 | 10:26 pm 1926

दाङ, असोज १८ः लेनदेन मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १६ घर भई हाल बाँके राप्ती सोनारी गाउँपालिका ८ बालापुर बस्ने ४२ वर्षीया कमला बिक रहेकी छन् ।

उनीलाई देउखुरी जिल्ला अदालतबाट २०७५ जेठ २५ गते लेनदेन मुद्दा फैसला भई १ वर्ष कैद सजाय तोकी हालसम्म फरार रहेकी बिकलाई खोजतलास गर्दै जाँदा शनिबार पक्राउ गरिएको हो ।

बिकलाई प्रहरीले बाँके राप्ती सोनारी गाउँपालिका ८ बालापुरमा लुकिछिपी हिडीरहेको अवस्थामा फेला पारी पक्राउ गरी आइतबार सम्मानित देउखुरी जिल्ला अदालतमा पेश गरिएको दाङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.